तपाईँ सुन्दै हुनुहुन्छः

सिंघिया खोला सफाई अभियान शुरु

बिराटनगर । खोलाको सरंक्षण गर्ने उदेश्यले आजदेखि सिंघियाखोला सफाई अभियान शुरु भएको छ । प्रदेश न १ को समाजिक विकास मन्त्रालय, बिराटनगर महानगरपालिका तथा कटहरी तथा जहदा र बुढिगंगा गाउपालिकाको सहकार्यमा बिराटनगरस्थित सिंघियाखोलामा सफाई अभियान शुरु भएको हो ।

बिराटनगर–१ स्थित घिनाघाटबाट समाजिक विकासमन्त्री जिबन घिमिरे तथा बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले खोलाको सरसफाई गर्दै अभियानको शुुभारम्भ गर्नुभयो

पहिलो चरणमा घिनाघाटदेखि जहदा गाउपालिकाको भातिगछको पुुलसम्मको १० किलोमिटर क्षेत्रमा खोला सफाई हुनेछ । १५ , १५ दिनमा यो अभियान संचालन हुुने र खोला पुर्णरुपमा सफा नभएसम्म अमियान निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

अभियानको शुभारम्भ र्गनुहुदै मन्त्री घिमिरेले सिंघिया खोलाबाट सरसफाईसँंगै र खोलाको सिमाङ्कन र नापजाँचसमेत शुरु हुने र यो अभियान प्रदेस न १ का सहरसँग जोडिएका सबै खोलामा सञ्चालन हुने बताउनुभयो ।

बिराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुलीले सरसफाई अभियानसँगै तटियक्षेत्रमा बसोबासगर्ने सुकुम्बासी परिवारलाई महानगरपालिकाले सुरक्षित स्थानमा घर बनाउने व्यवस्था मिलाएको बताउनुभयो ।

बिराटनगर महानगरपालिका, कटहरी तथा बुढिगंगा साथै जहदा गाउपालिकासंग जोडिएको सिंघिया नदीमा अभियान संचालन हुनेछ ।

आज बिहान शुरु भएका सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सरकारी कर्मचारी युवा, विद्र्याथी, महिला लगायत सर्वधारणको ठुलो सहभागित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button