राष्ट्र बैंकले नयाँ नोट वितरण घटस्थापनादेखि गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घटस्थापनादेखि नयाँ नोट वितरण गर्ने भएको छ । विगतमा झैं यो वर्ष पनि केन्द्रीय बैंकले बैंकिङ काउन्टर बालुवाटार र अन्य क्षेत्रीय कार्ययलहरुका साथै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको विभिन्न शाखा कार्यलयबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने सम्भावना छ ।
सरकारी लगानीको बैंकहरुमा गत वर्ष नोट सटही सुविधा उपलब्ध रहेका शाखा कार्यलयको साथै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखा कार्यलयबाट पनि नयाँ नोट वितरण गर्ने सम्भावना छ ।
दशैको लागि करिब १३ अर्बको नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । यो वर्ष छपाएको ४० करोड बराबरको १०० दरको नोट एक सातामा केन्द्रीय बैंकमा आउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकसँग ५, १०, २० र ५० दरका नोट भने पुरानै स्टक रहेकोले त्यसैबाट बाँड्ने तयारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्