दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मङ्गलवार गृह मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको छ ।
मन्त्रालयमा आफै गाडी चलाएर पुग्नुभएका मन्त्री गुरुङलाई गृह सचिव, प्रहरी प्रमुखहरू, मन्त्रालयका अन्य कर्मचारीहरूले स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले २०५८ सालको नारायणहिटी दरबार हत्या काण्डबारे अनुसन्धान अघि बढाउनेसहित चार वटा निर्णय गरेको बताउनुभयो ।
त्यस्तै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्