तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङ र नवप्रवर्तन मन्त्री पुनद्वारा शपथग्रहण

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।

आजै राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृहमन्त्रीमा गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा पुनलाई नियुक्त गर्नुभएको थियो ।

गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button