सभाको अपमान भयो: सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सभामुखले सदन सञ्चालन गरिरहेका बेला सदस्यहरुले आफैले समय तोकेर सहिदहरूका सम्मानमा मौन धारण गर्नु सभामाथिको अपमान भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण प्रस्ताव राखेपछि प्रतिपक्ष दलका सांसदहरुले उठेर मौन धारण गर्नुभयो ।
सभाको नियमविपरित प्रतिपक्ष दलका सांसदहरुले सदनमा गर्नुभएको यस प्रकारको गतिविधिले सभाको गरिमा कायम नहुनेभन्दै सभामुख अर्यालले सभाको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्