तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ: सभापति थापा

इनरुवा (सुनसरी) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताउनुभएको छ ।

सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरीय जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली काँग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उहाँको भनाइ  थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउनुहुँदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गर्नुभयो । उहाँले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button