तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहद्वारा बजेट निर्माण र प्रभावकारी सेवा प्रवाहमा जोड

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनताका अपेक्षा सम्बोधन हुने गरि बजेट निर्माणमा केन्द्रित रहन निर्देशन दिनु भएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सत्ता गठबन्धन दलको बैठकमा मुख्यमन्त्री शाहले प्राप्त जिम्मेवारीप्रति गम्भीर भई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो । 

उहाँले सुशासन प्रवर्द्धन र नतिजामुखी कार्यसम्पादनमा जोड दिँदै सरकारी सेवा प्रवाहलाई छिटो छरितो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेको बताउनु भयो । 

मुख्यमन्त्री शाहले विकास निर्माणका कामलाई गति दिएर अघि बढ्नु पर्ने बताउनु भयो ।

उक्त बैठकमा सत्ता गठबन्धन नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, मन्त्रीहरू, प्रमुख सचेतक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button