तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय चार दिन बन्द

नेपालगञ्ज । गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

शिक्षा महाशाखाका उपसचिव गोर्ख बहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो । अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताउनुभयो ।

केही दिन यता नेपालगञ्जको तापक्रम निकै बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा ९लु० ले दैनिकीमा प्रभाव पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button