सुरुङ मार्ग तत्काल सुचारु गर्न सरकारले कदम चाल्नुपर्नेमा जोड
काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिमा नागढुंगा सडक खण्ड निर्माणको अवस्थाबारे छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको सुरुङमार्ग तत्काल सुचारु गर्न सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा ढिलासुस्ती हुने गरेको भन्दै सांसदहरु गोपालकुमार बस्नेत, मदनकुमारी शाह गरिमा, रुक्मिणी कोइराला, गोमाकुमारी तिमल्सिना लगायतले ठूला आयोजना निर्माण भइरहेका स्थानमा सरकारले निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्